आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
84
Shares

१. काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय, आर्थिक गतिविधि र आवागमन नरोकिने, सार्वजनिक स्थलमा जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने ।

२. नेपालमा कोरोना संक्रमणको ग्राफ तीव्ररुपमा उकालो लाग्दै, मंगलबार मात्रै २ हजार ४ सय ४४ जना नयाँ संक्रमित थपिए, ३ सय १३ जना संक्रमणमुक्त, १ जनाको मृत्यु ।

३. काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, भेला, सम्मेलन, जुलुस निकाल्न रोक, स्वास्थ्य मापडण्ड अपनाउन आग्रह ।

४. आज पृथ्वीनारायण शाहको ३००औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस, राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण, देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ।

५. नेकपा एमालेको प्रदेश अधिवेशनको मिति स¥यो, माघ ८ मा हुने भनिएको अधिवेशन अब माघ २८ र २९ गत हुने ।

६. एनआरएनएमा सहमतिको नाममा कुप्रचार भएको कुल आचार्यको दाबी, राष्ट्रिय समन्वय परिषदले चयन गरेर पठाएका प्रतिनिधिलाई मात्र मान्यता दिनुपर्ने भनाइ ।

७. राज्यले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसलाई उपेक्षा गर्नु दुःखद भएको नेपाली कांग्रसका नेता अर्जुननरसिंह केसीको भनाइ, इतिहासबारे प्रश्न उठ्न सक्ने भए पनि बदल्न नसकिने धारणा ।

८. काठमाडौं उपत्यकाका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप लगाइँदै, बालबालिकालाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई खोप लिन मन्त्रालयको आग्रह ।

९. लिपुलेकमाथि भारतले गरिरहेको दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति धनराज गुरुङको माग, विदेशी अतिक्रमणबाट देशलाई जोगाउन आग्रह ।

१०. प्रदेश २ को नाम र राजधानीमा दलीय सहमतिको सम्भावना न्यून, अब नाम र राजधानी चयन निर्वाचनबाट गरिने ।

११. निरन्तर उकालो यात्रामा नेपाली सेयर बजार, नेप्से परिसूचक ४९ दशमलव १९ अंकले बढ्दा ६ अर्ब ७२ करोडको कारोबार, फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

१२. अफगानिस्तानमाथिका लगाइएका विभिन्न प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह, अफगानी नागरिक निकै अप्ठ्यारोमा परेको र मानवीय सहायताको पनि खाँचो चीनको भनाइ

१३. उत्तर कोरियाद्वारा मंगलबार पनि क्षेप्यास्त्र प्रहार, क्षेप्यास्त्र पूर्वी सागरमा खसेको दक्षिण कोरिया दाबी

१४. प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको दोस्रो जित, त्रिभुवन आर्मी क्लब चार विकेटले पराजित

१५. र, दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ न्यु डायमन्डको लगातार दोस्रो जित, आयोजक टाइगर ग्रुपलाई ३–० सेटमा पराजित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?