सेल्फी : केही सनसनीपूर्ण घटना

“ए नानी खै एउटा सेल्फी खिच् न । सबैजना भाको” दशैँमा आफ्ना नातिनातिनीलाई टीका लाइदिँदा थोते दाँत देखाउँदै ७८ वर्षिय हजुरआमा ‘चिज’ भन्छिन् । 
खिचिक्क !
‘सेल्फी टाएम’ ! घुम्न गएका ठिटाठिटीहरु एसो मुख चुच्चो पार्छन् । 
खिचिक्क !
दाजुलाई एयरर्पोट छोड्न गएकी बहिनी सुक्कसुक्क गर्दै भन्छे ‘खै एउटा सेल्फी हानुम् न त जानु अघि ।’ 
खिचिक्क !
हिजो र आजको फोटो खिचाईमा खिचिक्क आवाजमा मात्रै होईन फोटो खिच्ने एंगल पनि फेरिएको छ । सिधा भाषामा सेल्फी मोह बढेको छ । तर सेल्फी एउटा माध्यम पनि बनेको छ । सबैलाई जोड्ने । 
बरु दशैँ जमरा बिना पूरा छ तर सेल्फी बिना अपुरो ।

होली रङ्गबिना सम्भव छ तर सेल्फीबिना असम्भव ।

विवाह मण्डपबिना हुन सक्ला तर सेल्फी बिना उमम्हमम् ईम्पोसिबल !

***

तर त्यही खुसी साटासाट गर्ने माध्यम बनेको सेल्फीले मान्छेलाई निर्दयी, असंवेदनशील अराजक र असामाजिक बनाएको छ । 

कसरी ? हतारहतार तपाईँको मनमा यो प्रश्न आयो होला ।

केही समय अघि ईटालीमा एउटा सेल्फीनिक्कै आलोचित बन्यो । ट्रेनले ठक्कर दिएर घाइते भएकी महिलालाई उद्धार टोलीले उपचार गरिरहँदा एक युवकले सेल्फी लिएका थिए । त्यही बेलाउनलाई एक फोटो पत्रकारले आफ्नो क्यामेरामा कैद गरे ।
‘अब चाहिँ मान्छेमा रत्ति नि नैतिकता बाँकी रहेन’भन्ने क्याप्सन राखेर भाईरल बनाइदिए त्यस फोटोलाई । विभिन्न सञ्चार माध्यमले त्यस फोटोलाई बुस्ट गरे । सामाजिक सञ्जालमा पनि निक्कै आलोचित बन्यो त्यो तस्बिर ।
पत्रकारका अनुसार सेल्फी लिने क्रममा युवक दुईवटा औँला देखाएर (भिक्ट्री) पोज दिँदै थिए रे !

सोच्दा नि रिँगाटा छुट्ने कुरा यो छ कि मान्छे कसरी त्यस्तो असंवेदनशील हर्कत गर्नसक्छ ?

आँखा अगाडि कोहीे आफ्नो मृत्युसँग जुधिरहँदा अर्को मान्छे भिक्ट्री को पोज दिएर सेल्फी खिच्नुले मानव प्रवृत्ति कुन दिशातर्फ जाँदैछ भन्ने संकेत गर्छ ।

के हाम्रो मासिने दिन आएकै हो त ?

फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल हाम्रा लाईफ लाइन बनिसकेका छन् अनि त्यहाँ पाइने लाईक र कमेन्ट हाम्रा खुराक । कमेन्टमा ‘वाउ ! लुकिङ्ग बिउटिफुल’ हेर्न कै लागि हो मान्छेले यस्तो उट्पट्याङ हर्कत गर्ने । 

***
एकपटक विचार गर्नुहोस् । अचेल सेलिब्रेसनको बेला कति जना त्यो क्षणलाई इन्जोय गरिरहेका हुुन्छन् होला? क्यामेरा अन नगरी कुनै चाडपर्व, सभा समारोह मनाएको देख्नु भा छ ?

सबैजनाको दिमागमा एक से एक सेल्फी खिचेर भरै फेसबुकमा ५ मिनेटमा कम्तीमा ५० लाईक कटाउने टार्गेट सेट भइसकेको हुन्छ । क्यामेराको सानो लेन्सभित्र सिमित भइदिन्छ हाम्रो खुसी ।

हाम्रो मनमस्ष्किलाई त सेल्फी क्रेजले ध्वस्त पारेकै छ तर सेल्फीले मान्छेको ज्यान पनि लिन्छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । 

वर्षेनी सेल्फी लिने क्रममा भएकाअसावधानीका कारण कैयौँ मानिसको ज्यान जाने गरेको छ ।

एक अनुसन्धान अनुसार विश्वमै सेल्फीका कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने देश भारत हो । भारतलाई पच्छ्याउँदै पाकिस्तान र अमेरिका क्रमश दोस्रो र तेस्रो नम्बरमा पर्दछन् ।

अप्ठेरो ठाउँ र प्रतिकूल अवस्थामा सेल्फीलिने क्रममाभएका केही दर्दनाक मृत्युहरु :

भारत : रेलमा यात्रा गरिरहँदा ढोका भन्दा बाहिर ढल्केर एक युवक सेल्फी लिन खोज्दै थिए । दुर्भाग्यवश उनको खुट्टा चिप्लिएर रेलबाट खसे । उनलाई बचाउनउन ३ जना साथीपनि रेलबाट हाम फाले तर अगाडिबाट आइरहेको रेलको ठक्करबाट उनीहरुको पनि मृत्यु भयो । 

ईङ्ग्ल्यान्ड : सि फर्ड प्राकृतिक आरक्षण क्षेत्रमा रहेको भीरमाउफ्रेर पोज दिने क्रममा एक २३ वर्षे युवतीको मृत्यु भएको थियो ।

श्रीलंकाको : कहवारेलवे ट्र्याकमा एक नवविवाहित जोडी सेल्फीलिँदै थिए । उताबाट आएको ट्रेनको ठक्करमा परेर दुर्भाग्यवश बेहुलाको लागि त्यही सेल्फी जीवनकै अन्तिम सेल्फी हुनपुग्यो भने     बेहुली गम्भीर घाइते भइन् ।

रुस : १२ वर्षे एक बालिका सेल्फी खिच्नलाई १७ औँ तलाको बरण्डामा चढ्ने क्रममा त्यहाँबाट खसेर उनको मृत्यु भयो ।

पाकिस्तान : कुँहर नदीमा सेल्फी लिने क्रममा ११ वर्षे बालिका पानीमा डुबिन् । उनलाई बचाउन उनकी आमापनि पानीमा हामफलिन् । आफ्नी छोरी र श्रीमतीलाई डुबेको देखेर बाबु                  पनि हतारहतार हामफाले । दुर्भाग्यवश एकै परिवारका तीन जनाको चिहान भयो त्यो नदी । यो दृश्यका प्रत्यक्षदर्शी उनीहरुका ६ वर्षे छोरा थिए । सोही नदीमा त्यसपछि पनि यसै गरी सेल्फी

जीवन मरणको दोसाँधमा पुगेका डा.उपेन्द्र देवकोटालाई हेलिकप्टरमार्फत उनको जन्मघर लैजाने बेलामा मानिसहरुले देखाएको निर्लज्जपन होस् या यू एस बंगला बिमान दुर्घटनाको समय । केहि नेपालीहरुले लिएको सेल्फीका कारण हामी कति असामाजिक भएका छौँ भनेर देखाएको छ । 

खिच्ने क्रममा दुईजनाको मृत्यु भइसकेको छ । 

नेपाल : २१ वटा हात्तीको बथान बाटो काट्दै गर्दा एक सवारी चालक सेल्फी खिच्नलाई आफ्नो गाडीबाट बाहिर निस्के । हात्तीहरुको आक्रमणबाट उनको मृत्यु भयो । 

यी घटनाहरु मात्र केही अंश हुन् ।

अरुको जीवनमा घटेका यस्ता घटना हामीलाई कथामात्र जस्तो लाग्छन् । तर मान्छेहरुको बढ्दो सेल्फी क्रेज देख्दा यस्ता घटना बारम्बार नहोला भन्न सकिन्न ।जीवन मरणको दोसाँधमा पुगेका डा.उपेन्द्र देवकोटालाई हेलिकप्टरमार्फत उनको जन्मघर लैजाने बेलामा मानिसहरुले देखाएको निर्लज्जपन होस् या यू एस बंगला बिमान दुर्घटनाको समय । केहि नेपालीहरुले लिएको सेल्फीका कारण हामी कति असामाजिक भएका छौँ भनेर देखाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?