२० माघ २०७९, शुक्रवार

उत्तर कोरियाद्वारा मंगलबार पनि क्षेप्यास्त्र प्रहार

२०७८,पुष,२७,मंगलवार १३:१४

117
Shares

उत्तर कोरिया । उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । उत्तर कोरियाले समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले मंगलबार बिहान सो दाबी गरेका छन् । उनले पूर्वी समुद्रतर्फ सो क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएका हुन् ।

यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ । जापानिज कोस्ट गार्ड (जेसीएस)ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन् ।

यसबारेमा अझै पनि यकिन भने हुन सकेको छैन । उत्तर कोरियाले गरेको यस क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेका बताएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ ।

मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका बताइएको छ ।

उत्तर कोरियाले छ दिनमात्र अघि पनि यहाँ यस्तै प्रकारको क्षेप्यास्त्र हानेको थियो । यसै हप्ता उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र हानेको छ ।

प्रकाशित मिति: २०७८,पुष,२७,मंगलवार १३:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

भारत । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक

काठमाडौं । भारतको सर्वोच्च अदालतले गरेको एक फैसलामा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को संज्ञा दिएपछि सिक्किम केहिदिन यता तातेको छ

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२