काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् ।
हालका महानिर्देशक राजकुमार क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएका थिए । क्षेत्रीकाे अवकाशपछि रिक्त रहेकाे ठाउँमा ठाकुर नियुक्त भएका हुन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १२औँ तहका ठाकुरलाई निमित्त महानिर्देशकमा नियुक्त गरेको हाे।
तर निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री ४ वर्षे कार्यकाल कायम राख्नुपर्ने दाबी गर्दै अदालत गएका छन्। अदालतले सरकारलाई छलफलका लागि बोलाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया