स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजाने सरकारको निर्णय

लोकपथ
6.6k
Shares

काठमाडौं । सरकारले स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । कोभिड १९ व्यवस्थापन समितिको आइतबार बसेको को बैठकलेस्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

नेपालमा केहिदिन यता कोरोनको ग्राफ निरन्तर उकालो लागिरहेको छ । कोरोना संक्रमणदर बढेसँगै कोभिड १९ व्यवस्थापन समितिको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको क्‍याक्सिन कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्‍ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्‍यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?