माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

लोकपथ
8k
Shares

काठमाडौं । कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि समितिको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी, आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने भएको छ। सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

बैठकले राजनीतिक भेलालगायतका भिडभाडजन्य गतिविधि नगर्न समेत आह्वान गरेको छ। गर्नै परेको खण्डमा स्थानीय प्रशासनको अनुमति लिएर मात्रै गर्न बैठकले अनुरोध गरेको छ ।

यसका साथै बैठकले सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, बालबालिकालाई खोपको दायरामा ल्याउने, पूर्वनिर्धारित परीक्षा भने भौतिक दूरी कायम गरी संचालन गर्ने, स्मार्ट लकडाउन कार्यविधिलाई कार्यान्वयनमा लैजाने लगायतको निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?