आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
63
Shares

१. एमाले जिल्ला अधिवेशनको परिणाम आउने क्रम जारी, कुनै जिल्लामा सर्वसम्मत नेतृत्व चयन, कुनैमा निर्वाचनको तयारी ।

२. भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह, मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक रहेको भनाइ ।

३. जनताको विश्वासलाई आफूले कहिलै पनि धोका नदिने सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिटै अन्त्य हुने विश्वास ।

४. लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न राष्ट्रिय जनमोर्चाको माग, नेपाल सरकारलाई तुरुन्तै भारतसँग उक्त विषयमा कुराकानी गरी निर्माणकार्य रोक्न ध्यानाकर्षण ।

५. मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण नेपालमा विकास नभएको बाबुराम भट्टराईको आरोप, राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्नेमा जोड ।

६ .गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गरी संघीय सरकारलाई हस्तान्तरण गर्ने तयारीमा भरतपुर महानगरपालिका, अब महानगरले रंगशालाको काम अघि बढाउने मेयर रेणु दाहालको भनाइ ।

७. एकल आमाका सन्तानले नागरिकता पाउनुपर्ने माग राख्दै नागरिकताविहीन नागरिक संघर्ष समितिद्वारा काठमाडौंमा प्रदर्शन, राज्यले नागरिकता नदिएर पीडितहरूलाई गैरनागरिक बनाउन खोजेको आरोप ।

८. मौसममा सुधार आएपछि ‘क्यालिब्रेसन फ्लाइट’ हुने नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको भनाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने दाबी ।

९. पुस २७ मा हुने भनिएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै स्थगित, माघ ३ गतेका लागि नयाँ मिति तय ।

१०. नेपालमा कोरोना संक्रमणको ग्राफ दिनहुँ उकालो लाग्दै, आइतबार मात्रै १ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिए, २ सय २४ जना संक्रमणमुक्त हुँदा २ जनाको मृत्यु ।

११. लयमा फर्कँदै नेपाली सेयर बजार, नेप्से परिसूचकमा ७३ अंकको बढोत्तरी, ५३ दिनपछि कारोबार रकम ७ अर्ब नाघ्यो, १३ वटै सूचकमा हरियाली।

१२. भारतमा कोरोनाको तेस्रो लहर भयावह बन्दै, भारतीय प्रधानमन्त्री मोदीद्वारा उच्चस्तरीय बैठकमा कोरोना जोखिम र रोकथामका विषयमा छलफल ।

१३. पाकिस्तानमा भारी वर्षा र हिमपात, हिमपातका कारण ४१ जनाको मृत्यु, सयौँ विस्थापित ।

१४. प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिबाट काठमाडौंमा सुरु हुँदै, टीयू क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दै ।

१५. र, स्पेनिस ला लिगा फुटबलमा आज भिल्ला रियल र एथलेटिको मड्रिड भिड्दै, दुवै टिम एक–अर्कालाई हराउँदै जित हात पार्ने लक्ष्यमा मैदान उत्रँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?