भारतमा कोरोनाको तेस्रो लहर भयावह बन्दै, प्रधानमन्त्री मोदीले बोलाए उच्चस्तरीय बैठक

लोकपथ
390
Shares

काठमाडौं । भारतमा कोरोनाको तेस्रो लहरमा तीब्र गतिमा बढिरहेको बिरामीको संख्यालाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अपराह्न ४ः३० बजे उच्चस्तरीय समीक्षा बैठक गर्ने भएका छन् ।

आइतबार बिहान आएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५५ हजारभन्दा बढी नयाँ बिरामी भेटिएका छन् । यसले चिन्ता बढाएको छ । यसबारे डब्लुएचओले पनि चेतावनी दिएको छ ।

भारतका धेरै राज्यले कोरोना रोकथामका लागि धेरै कडा प्रतिबन्ध लगाए पनि संक्रमण रोकिनुको सट्टा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १,५९,६३२ नयाँ कोभिड संक्रमित थपिएका छन् । यस अवधिमा ४० हजार ८६३ बिरामी निको भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।

भारतमा सक्रिय बिरामीको संख्या ५ लाख ९० हजार ६११ पुगेको छ ।  अहिलेसम्म ३,४४,५३,६०३ जना पूर्णरुपमा निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा पहिलो र दोस्रो डोज मिसाएर १ करोड ५१ लाख खोपको डोज दिइएको छ ।

दिल्लीमा २० हजारभन्दा बढी नयाँ संक्रमण देखिएको छ । दिल्लीमा कोरोनाले लगातार रेकर्ड तोडिरहेको छ । पछिल्लो २४ घण्टामा २० हजार १८१ नयाँ संक्रमित थपिएका छन् भने शुक्रबार १७ हजार ३ सय ३५ बिरामी भेटिएका छन् । दिल्लीमा सकारात्मकता दर बढेर १९.६० प्रतिशत पुगेको छ। शुक्रबार १७.७३ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?