तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

लोकपथ
143
Shares

काठमाडौं । अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन् ।

उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गनु तेहरान टाइम्स दैनिकले जनाएको छ ।

इरानले तालिबानलाई मान्यताको माध्यमका रुपमा समावेशी सरकार गठन गर्न आग्रह गरेको छ । इरान र छिमेकी देशहरूले अफगानिस्तानमा सबैभन्दा बढी जोड दिएका कुरा भनेको समावेशी सरकारको गठन हो । यसले अफगानिस्तानको जातीय र जनसख्याको आधारमा रहेको विविधतालाई प्रतिबिम्बित गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले आफ्नो पछिल्लो प्रेस सम्मेलनमा भनेका छन् ।

इरान सरकारले तेहरानमा रहेको अफगान दूतावास तालिबानलाई हस्तान्तरण गर्ने इरानको समाचार वेबसाइटले शनिबार जनाएको छ । इरानी सरकारले अहिलेसम्म तालिबान सरकारलाई मान्यता दिएको छैन, तर इरानमा अफगान नागरिकहरुको मामिला हेर्नको लागि तेहरानमा रहेको अफगान दूतावास तालिबानलाई सुम्पिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?