काठमाडौं । ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भूगर्भीय घाटीबाट भत्किँएका चट्टानहरू चारवटा डुङ्गामा लाग्दा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् भने २० जना बेपत्ता भएका छन् ।
पर्यटकहरू ढुङ्गाहरूमा उक्त क्षेत्र घुम्दै थिए ।
उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहर नजिकै फर्नास तालवरपरको घाटीबाट ठूला चट्टानहरू खसेका थिए।
शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भूगर्भशास्त्रीहरूले पानीको बहावले चट्टानहरू खसेको हुनसक्ने विश्वास गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया