चाकु बनाउन व्यस्त टोखावासी (फोटोफिचर)

लोकपथ
234
Shares

काठमाडौं । काठमाडौंबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो ।

उखुको रसबाट सख्खर बनाएर चाक्कुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् ।

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन। वर्षको दुई महिना (मंसिर र पुस) मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् ।

एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलोको १८० रुपैयाँ पर्न जाने उनी बताउँछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?