बेलकोटगढीमा निःशुल्क स्वास्थ्य शिविर, सयौं स्थानीय लाभान्वित

लोकपथ
595
Shares

निरञ्जना भिलेज सोसाइटी नेपालको आयोजमा नुवाकोटको बेलकोटगढीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शुक्रबारदेखि सुरु भएको स्वास्थ्य शिविर शनिबारसम्म चल्नेछ ।

स्वास्थ्य शिविरमा स्त्री रोग, बालरोगलगायत आँखा, नाक, कान, घाँटी, छाती, मुटु, पेट, छाला तथा अन्य रोगहरुको अनुभवी डाक्टरहरुबाट उपचार गरी औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।

बेलकोटगढी नगरपालिका १० स्थित निरञ्जना माविमा आयोजित स्वास्थ्य शिविरमा पहिलो दिन शुक्रबार स्त्री रोगसम्बन्धी समस्या भएका २६, मनोरोग ३५, दन्त रोग ५६, छाला रोग १०७, हाडजोर्नी ५०, बालरोगसम्बन्धी समस्या भएका स्थानीय  ५६ जनाको उपचार गरिएको छ । यस्तै १९४ जनाको आँखाको जाँच गरिनुका साथै ७३ जनालाई औषधि समेत वितरण गरिएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यस्तै ११ जनाको सर्जरीसम्बन्धी उपचार पनि भएको छ । शनिबार पनि जारी रहेन स्वास्थ्य शिवरिसम्बन्धी जानकारीका लागि प्रलाद थपलिया, मधुसुदन पाण्डे, सुरेन्द्र भट्ट, रामप्रसाद पाण्डेसहित स्थानीय स्वयमसेविकालाई सम्पर्क गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?