नेपालमा कोरोना संक्रमणदर बढ्दै, शुक्रबार थप ९६८ जनामा संक्रमण पुष्टि

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार देशभर गरिएको १४ हजार ९७१ जनाको परीक्षणमा थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ६२ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपाल हालसम्म ८ लाख १३ हजार ७ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणका ११ हजार ६ सय २ मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार आठ हजार २७२ जनामा गरिएको पीसीआर परीक्षणमा ५७२ जनामा र ६ हजार ६९९ जनामा एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ । पछिल्लो २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् ।

यसैबीच नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।

एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?