काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार देशभर गरिएको १२ हजार ९९ जनाको परीक्षणमा थप ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ७१ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपाल हालसम्म ८ लाख १३ हजार ४ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २ पुगेको छ ।
हाल देशभर ५ हजार ४ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया