ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

लोकपथ
56
Shares

ब्राजिल । आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

‘आज डिस्चार्ज भयो। सबैलाई धन्यवाद,’ बोल्सोनारोले ट्विटरमा लेखेका छन् । ६६ वर्षीय राष्ट्रपतिलाई सोमबार साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको आन्द्रामा देखिएको आंशिक अवरोधको उपचार गरिएको थियो ।

सन् २०१८ सेप्टेम्बरमा चुनावी प्रचारका क्रममा पेटमा चक्कु प्रहार भएपछि बोल्सोनारोले हालसम्म चार पटक आन्द्राको शल्यक्रिया गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?