काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले बुधबार देशमा विरोध प्रदर्शनकाबीच जनवरी ५–१९ देखि राजधानी शहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन् ।
राष्ट्रपतिद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “नागरिकको सुरक्षाको लागि गम्भीर तथा प्रत्यक्ष खतरा रोक्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न, कानूनी व्यवस्थाको पुनः स्थापना गर्न, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न, हामीले सन् २०२२ जनवरी ५ देखि १२ सम्मको अवधिको लागि नूर–सुल्तान शहरभित्र आपतकालीन अवस्थाको घोषणा गरेका छौँ ।
आपतकालीन अवस्थाका बेला नुर–सुल्तानमा प्रवेश र त्यहाँबाट बाहिरिन रोक लगाइने छ भने विरोध प्रदर्शन गर्न हतियार राख्ने अनुमति नभएका व्यक्तिहरुको हतियार जफत गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया