ताइवानबाट बेइजिङमा कूटनीतिक मान्यता परिवर्तनपछि निकारागुआमा चिनियाँ दूतावासको पुनः उद्घाटन

लोकपथ
168
Shares

ताइवानबाट बेइजिङमा कूटनीतिक मान्यता परिवर्तन गरेको केही हप्तापछि चीनले निकारागुआमा आफ्नो दूतावास पुनः खोलेको छ।

मान्यताको यो परिवर्तन चीनको लागि एक राजनीतिक जीत हो, जसले ताइवानलाई आफ्नो भागको रूपमा दाबी गर्दछ । यससँगै चीनले स्वशासित टापुलाई अन्तर्राष्ट्रिय मञ्चबाट झन् अलगअलग पार्ने दबाब बढाएको छ।

ताइवानको कूटनीतिक सम्बन्ध अब १४ वटा देशहरूमा मात्र सीमित भएको छ । यद्यपि संयुक्त राज्य अमेरिकासहित अन्य थुप्रै पश्चिमी मित्रहरुसँग ताइवानको अनौपचारिक सम्बन्ध बलियो छ।

निकारागुवाका विदेश मन्त्री डेनिस मोन्काडाले दूतावासको पुनः उद्घाटन समारोहमा बोल्दै भने, ‘हाम्रो निकारागुआमा तपाईँलाई स्वागत छ, हाम्रो भ्रातृ सम्बन्ध सफलताका साथ अगाडि बढ्ने निश्चितता भएको छ।’

‘जनवादी गणतन्त्र चीन एक मात्र वैध सरकार हो जसले सम्पूर्ण चीनको प्रतिनिधित्व गर्दछ र ताइवान चिनियाँ क्षेत्रको अविभाज्य भाग हो’, मोन्काडाले थपे।

अमेरिका र युरोपेली संघले निकारागुआविरुद्ध कडा प्रतिबन्ध लगाएपछि चीनसँगको सम्बन्ध पुनर्स्थापना भएको हो।

चीनले दशकौँदेखि ताइवानका कूटनीतिक सहयोगीहरूलाई पक्ष परिवर्तन गर्न प्रोत्साहित गर्दै आएको छ।

हालैका वर्षहरूमा ल्याटिन अमेरिकाका अन्य तीन देश पनामा, एल साल्भाडोर र डोमिनिकन रिपब्लिकले पनि ताइबानसँग कुटनीतिक सम्बन्ध तोडेका छ्न्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?