अमेरिकामा एकै दिन थपिए १० लाख ८० हजार कोरोना संक्रमित

लोकपथ
208
Shares

न्युयोर्क । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ । संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यलय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?