नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन डिस्चार्ज भएका छन् । कमलपित्त रोगबाट पीडित उनले चीनमा उपचार गराउँदै आएकामा मंगलबार डिस्चार्ज भएका हुन् ।
चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट उनी मंगलबार डिसचार्ज भएको पारिवारिक स्रोतले जनाएको छ ।
चीनअघि थाइल्याण्डमा उपचार गराएका उनको स्वास्थ्य अवस्था अहिले सामान्य बनेको बताइएको छ । केही दिनको आरामपछि उनी पुस २५ गतेअघि नै काठमाडौं आइपुग्नेछन् ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी पुस २५ गतेका लागि बोलाइएको छ । सोमबार केन्द्रीय समितिको बैठकपछि अध्यक्ष प्रचण्डले पुनकै प्रतिक्षामा बैठक पुस २५ गतेसम्मका लागि सारिएको बताएका थिए । माओवादीमा पुन महासचिवको दाबेदारमध्येका एक रहेका छन् । उनीसहित जनार्दश शर्माले महासचिवमा दावी गर्दा माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । पुन आएपछि बस्ने बैठकले महासचिवसहितमा सहमति जुटाएर पदाधिकारी चयन गर्ने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया