नारायणहिटी प्रकरणमा योगेशले गरे यस्तो दाबी

लोकपथ
511
Shares

काठमाडाैं । एमाले सचिव योगेश भट्टराईले आफू मन्त्री हुनुअघि नै नारायणहिटी दरबार संग्राहालयभित्र कफी हाउस बनिसकेको जिकिर गरेका छन् ।

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन स्वीकृति दिएको विषयमा पूर्वपर्यटनमन्त्री समेत रहेका भट्टराईसमेतको नाम जोडिएपछि उनले यस्तो दाबी गरेका हुन् ।

‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु’, उनले सामाजिक सञ्जालमार्फत नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट बनाउनेसम्बन्धी कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘स्मरण रहोस् म मन्त्री हुनुपूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’

उनले आफ्नो संलग्नता नरहेको कामप्रति आफ्नो जवाफदेहिता नरहने पनि उल्लेख गरेका छन् ।
यस विषयमा विभिन्न टिकाटिप्पणी भएपछि पर्यटनमन्त्री प्रेम आलेले मंगलबार नै नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?