१. ललिता निवास प्रकरणका नाइके शोभाकान्त ढकाल राजस्व छलीमा पनि संलग्न रहेका राजस्व अनुसन्धान विभागको ठहर, एक अर्ब २० करोड मागदाबी ।
२. राट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न, निर्वाचनमा १२ राजनीतिक दलको सहभागिता, निर्वाचन चिह्न पुस २५ गते प्रदान गरिने ।
३. नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माणको काम रोक्ने निर्णय, पर्यटनमन्त्री प्रेम आलेले अपारदर्शी तवरले भएको काम रोक्न समितिलाई दिएका थिए निर्देशन ।
४. कालापानीलाई पाठयक्रममा समावेश गर्न माओवादी केन्द्रको माग, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष आग्रह ।
५. राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल बिदा हुने भएपछि राष्ट्रियसभामा नयाँ उपाध्यक्ष चयन हुने, पदपूर्तिका लागि उम्मेदवार मनोनयनको प्रक्रिया जारी ।
६. वर्तमान सरकार महामारी नियन्त्रणमा सफल भएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको दाबी, राष्ट्रियसभाको चुनावमा गठबन्धन दलले जित्ने जिकिर ।
७. राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत, पार्टीको विधानबमोजिम २० जना भने केन्द्रीय कार्यसमिति सदस्यमा ।
८. सरकारले तत्काल उखु किसानहरूको बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनशन बस्ने सांसद अमनलाल मोदीको चेतावनी, किसानमाथि भएको दमन, अत्याचार अन्त्य गर्नुपर्ने र समस्या समाधान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण ।
९. पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’का रूपमा मनाउन विवेकशील साझा पार्टीको माग, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त हुने उल्लेख ।
१०. मंगलबार नेपालमा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६३ जना कोरोना संक्रमणमुक्त, ३ जनाको मृत्यु ।
११. सहकारीको ब्याजदर तत्काल नबढ्ने, बजारमा तरलताको अवस्था सहज बन्दै गएकाले तत्कालै ब्याजदर बढाउनुपर्ने अवस्था नरहेको सहकारी विभागको निष्कर्ष ।
१२. लगातार तेस्रो दिन पनि बढ्यो नेपाली सेयर बजार, नेप्से परिसूचक ६३ अंकले बढ्दा ४ अर्ब ३२ करोडको कारोबार, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण ।
१३. तान्जानियामा सडक दुर्घटना हुुँदा १४ जनाको मृत्यु, २२ जना घाइते, राष्ट्रपति सामिया हसनद्वारा दुःख व्यक्त ।
१४. हत्याको प्रयासबाट जोगिए हाइटीका प्रधानमन्त्री एरिअल आंगी, सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानमा एक जनाको मृत्यु, दुई जना घाइते ।
१५. र, आफू सधैँभरि कप्तान बन्नुपर्छ भन्ने नभएको क्रिकेटर ज्ञानेन्द्र मल्लको भनाइ, बिनाकारण मुद्दा निकाल्दा आफूलाई दुःख लागेको प्रतिक्रिया ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया