विश्व इतिहासमा आज : बर्माको स्वतन्त्रतादेखि सर आइजेक न्युटनको जन्मसम्म

लोकपथ
84
Shares

आज ४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दुबईको सबैभन्दा अग्लो महल :

सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । ८२९ दशमलब ८ मिटर (२७२२ फिट) उचाई रहेको सो भवन विश्वकै सबैभन्दा अग्लो महल हो ।

रसियाको कृत्रिम स्याटलाइट :

सन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाइट स्पुतनिक १ पृथ्वीमा खसेको थियो । सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वकै पहिलो देश हो ।

बर्माको स्वतन्त्रता : 

सन् १९४८ मा बर्माले बेलायतबाट स्वतन्त्रता पाएको थियो । बर्मा सन् १८८६ को १ जनवरीदेखि बेलायतको अधिनमा थियो ।

अमेरिकाको ४५ औं राज्य : 

सन् १८९६ मा उताह अमेरिकाको ४५ औं राज्य बनेको थियो ।

अमेरिकाको पहिलो महिला सभामुख : 

सन् २००७ मा अमेरिकी राजानीतिज्ञ नेन्सी पेलोसी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुख बनेकी थिइन् । नेन्सी अमेरिकी इतिहासमै पहिलो सभामुख हुन् ।

सर आइजेक न्युटनको जन्म : 

सन् १६४३ को ४ जनवरीमा भौतिकशास्त्री तथा गणितका पिता सर आइजेक न्युटनको लन्डनमा जन्म भएको थियो । उनको सन् १७२७ को ३१ मार्चमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?