यस्तो छ आज दिनभरको मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
143
Shares

१. अरुको उम्मेदवारी नपरेपछि माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध, नारायणकाजी श्रेष्ठको प्रस्तावलाई कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

२. राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनको भागबन्डा मिल्यो, कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जसपालाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइयो ।

३. नेपाली कांग्रेस र एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवारको नाम, एमालेले १९ सिटमा नै उम्मेदवारी दिने ।

४. अध्यक्षमा प्रस्ताव, समर्थन र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई प्रचण्डले दिए धन्यवाद, आफ्नो काँधमा निकै ठूलो जिम्मेवारी थपिएको प्रतिक्रिया ।

५. नेपाली कांग्रेसमा रामचन्द्र पौडेलले पाए सभापति देउवापछिको वरीयता, पौडेलपछि पदाधिकारीहरु रहने, शेखर कोइरालाको स्थान पूर्वपदाधिकारीभन्दा पछाडि ।

६. कम्युनिस्टलाई कमजोर बनाएर समाजवाद नआउने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, नेकपाको सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाएको भन्दै प्रचण्डप्रति आक्रोश व्यक्त

७. तोकिएकै समयमा काम सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई भूमिमन्त्री शशी श्रेष्ठको निर्देशन, बहाना देखाएर काम पन्छाउन वा भाग्न नपाइने भन्दै परिणाम निस्कने गरी काम गर्न आग्रह

८. समान विचार भएका राजनीतिक दल, मोर्चा र समूहलाई एकीकरणका लागि नेकपा एकीकृत समाजवादीको आग्रह, सच्चा कम्युनिस्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्ने प्रस्ताव ।

९. संविधान संशोधनसहित १० बुँदे माग राखेर हृदयेश त्रिपाठीले पठाए प्रधानमन्त्रीलाई पत्र, देशको राजनीति नै लिकभन्दा बाहिर गइरहेको उल्लेख ।

१०. सोमबार देशभर थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि, २५५ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।

११. नेपाल विद्युत् प्राधिकरण र नेपाल एयरलाइन्सबीच सम्झौता, प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५ देखि १० प्रतिशत छुट पाउने ।

१२. सोमबार पनि बढ्यो नेपाली सेयर, नेप्से परिसूचक ३२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार, उत्पादन तथा प्रशोधनबाहेक सबै समूह सकारात्मक ।

१३. भोलिदेखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइल नचल्ने, अब ब्ल्याकबेरीका सम्पूर्ण पुराना डिभाइसबाट डाटा प्रयोग गर्न, मेसेज पठाउन, इन्टरनेट चलाउन र फोन गर्न नमिल्ने ।

१४. दक्षिण कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप, अब पाँच वर्ष १० महिना बस्न पाउने ।

१५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा विजयी, सात खेलमा ११ अंक जोड्दै हिमालयन शेर्पा अंकतालिकाको पाँचौँ स्थानमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?