१. माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन, मनोनयन दर्ता सकियो, सोमबार बिहान ८ बजेदेखि मतदान हुने
२. कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने, राष्ट्रियसभा सदस्यका उम्मेदवार चयनलगायत विषयमा निर्णय गर्ने ।
३. माओवादी केन्द्रले तीन आयोगमा पुरानै नेतृत्वलाई जिम्मेवारी दिने, निर्वाचनमा विष्णु पुकार, अनुशासनमा टंक राई र लेखामा पेशल खतिवडा ।
४. पार्टी विभाजन गरेर समाजवाद नआउने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप ।
५. राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउने गठबन्धनको तयारी, १९ सिटमा भागबण्डा मिलाउन भोलि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदै ।
६. आइतबार देशभर २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ९ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।
७. पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १५ जना घाइते ।
८. ओमिक्रोन फैलिन नदिन स्वास्थ्य मन्त्रालयले थाल्यो सतर्कतासहित थप तयारी, जोखिम अझै रहेकाले सबै निकायलाई सतर्क र पूर्वतयारीमा रहन आग्रह ।
९. नेकपा क्रान्तिकारी माओवादी र नेकपा मसालसहित २२ दलीय मोर्चाद्वारा एमसीसीविरुद्ध प्रदर्शन, एमसीसी राष्ट्रघाती रहेको भन्दै सम्झौता खारेज गर्न माग ।
१०. बैंक तथा वित्तीय संस्थाहरूको पुँजी तत्कालका लागि वृद्धि नगर्न सञ्चालकहरूको माग, खुला बजारको अवधारणाअनुसार नै ब्याजदर निर्धारण हुने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह ।
११. सन् २०२२ लाई हरियाली सेयर बजारले ग¥यो स्वागत, नेप्से परिसूचक ६० दशमलव ४१ अंकले बढ्दा ४ अर्बभन्दा बढीको कारोबार ।
१२. अमेरिकी तथ्यांक ब्युरोका अनुसार विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, चीनमा विश्वकै सबैभन्दा धेरै जनसंख्या, तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान ।
१३. कोरोना संक्रमण र खराब मौसमका कारण एकैदिन विश्वभर ४४ सय उडान रद्द, रद्द भएकामध्ये आधाभन्दा बढी उडान अमेरिकामा ।
१४. नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीसहित १४ खेलाडी सम्पर्कबाहिर ।
१५. र, इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा आज राति म्यानचेस्टर युनाइटेड र उल्स भिड्दै, दुवै टिम एक–अर्कालाई हराएर जित हात पार्ने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया