डिसहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

लोकपथ
49
Shares

काठमाडौं । डिसहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ ।

२०७८ कार्तिक १९ गतेदेखि डिसहोम, डिसहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।

पुस १६ गते शुक्रबार गरिएको ‘लक्की ड्र’मार्फत CasID No. 02564078696 र 02558255824 छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?