काठमाडौं । दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन् ।
आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । ‘नेसनल एसेम्बलीमा आगो लागिरहेको छ,’ केप टाउन सहरका आपतकालीन सेवाका प्रवक्ताले भने ।
आगो नियन्त्रणमा आइनसकेको र भवनको भित्ता चर्किएको उनले बताएका छन् । आगलागीको कारण खुलेको छैन ।
दक्षिण अफ्रिकाको हाउस अफ पार्लियामेन्टमा नयाँ र पुराना गरी तीन ओटा भवन छन् । सन् १९२० र १९८० मा निर्माण गरिएको नयाँ भवनमा नेसनल एसेम्बली छ ।
गत अप्रिलमा युनिभर्सिटीमा अफ केप टाउनको एउटा पुस्तकालयमा आगो लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया