काठमाडौं । पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस लु २ ख ७२७९ नम्बरको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बस दुर्घटना हुँदा दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा ३५ जना मलामी सवार थिए ।
बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बसमा सवार ६ जना गम्भीर घाइते रहेको हुँदा उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको छ ।
अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया