सामसुङले चीनमा घटायो आफ्नो उत्पादन

लोकपथ
133
Shares

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण चीनको सियानमा कडा लकडाउन लगाइएको छ ।

सोही कारण सामसुङले चिपको उत्पादन घटाएको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै सामसुङ कम्पनीले त्यहाँ रहेको चिप कारखानामा ‘अस्थायी रूपमा सञ्चालन समायोजन’ गर्ने निर्णय गरेको जनाएको छ।

कम्पनीले आफ्ना कर्मचारी र साझेदारहरूको स्वास्थ्य र सुरक्षाको लागि यो निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। उपभोक्ता प्रभावित नहोस् भन्ने कुराको सुनिश्चितता गर्ने कम्पनीले जनाएको छ । चिनियाँ अधिकारीहरूले डिसेम्बर २२ मा सियानमा निषेधाज्ञा लगाएका छन् ।

लकडाउनका कारण कर्मचारी आवतजावतमा कठिनाइ भएको कम्पनीका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?