बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य

लोकपथ
112
Shares
{“caption”:”u091cu0930u094du092eu0928u0940u0915u094b u0930u093eu091cu0927u093eu0928u0940 u092cu0930u094du0932u093fu0928u0938u094du0925u093fu0924 u090fu0915 u092au0938u0932u092eu093e u0930u093eu0916u093fu090fu0915u094b u0915u092au0921u093eu0915u094b u092eu093eu0938u094du0915 u091bu093eu0928u094du0926u0948 u090fu0915 u092eu0939u093fu0932u093e u0964 u0924u0938u094du092cu093fu0930: u0930u094bu092fu091fu0930u094du0938 u0964″,”photographer”:””,”alt_text”:””}

लन्डन । बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो ।

संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो ।

यसैबीच, कर्मचारीका ६ ओटा युनियनले भाइरस नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् । फेस मास्ककै भरमा संक्रमण नरोकिने भन्दै थप उपाय अप्नाउन उनीहरुले सरकारलाई चेतावनी दिएका छन् ।

क्रिसमस र नयाँ वर्षको बिदापछि आगामी सातादेखि बेलायतमा विद्यालय पुनः खोल्दैछन् । यरोपेली देशमा विद्यार्थीलाई फेस मास्क अनिवार्य गर्ने बेलायत अन्तिम देश हो । नयाँ निर्देशिकाअनुसार शिक्षकहरुले फेस मास्क लगाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?