‘एक घर एक धारा’ गण्डकी प्रदेशको नीति

लोकपथ
0
Shares
d’VodGqL kf]v/]n gjnk”/, * c;f]h M u08sL k|b]zsf d’VodGqL s[i0frGb| g]kfnL kf]v/]n gjnk/f;L -ab{3f6–;’:tfk”j{_ sf] u}F8fsf]6df cfof]lht ;fd”lxs lrqsnf k|bz{gL …cfTdbLkgÚ df pb3f6g ;df/f]xdf dGtJo /fVb} . t:jL/M 6]s/fh kf]v/]n÷ /f;;

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै उनले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना सम्पन्न भइसकेको बताए ।

गण्डकी प्रदेशमा अहिले रु तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन भइरहेका छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले सुन्दरपुर डाँडामा रहेको संस्थाको एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीको उद्घाटनसमेत गरेका थिए । कार्यक्रमका गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले सुरक्षित खानेपानीको सन्दर्भमा उत्कृष्ट काम गरेको जलुकेले सरसफाइका क्षेत्रमा समेत थप कार्यक्रम गर्न सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?