आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
49
Shares

१. माओवादी बन्दसत्रबाट प्रचण्डको राजनीतिक प्रतिवेदन पारित, राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे बोलेनन् प्रचण्ड

२. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य रहेको उल्लेख

३. सबैको सुझाव समेटेर प्रतिवेदन समृद्ध बनाउने प्रचण्डको प्रतिबद्धता, विचार निर्माण गर्न छुट्टै महाधिवेशन गरिने

४. इमान गुमाएकाले नै माओवादी केन्द्र जहिल्यै सत्तामा बसेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे प्रचण्डको कटाक्ष , प्रचण्ड र माधव नेपाल अरुसँग बिकेकाले कम्युनिस्ट सरकार ढलेको दाबी ।

५. गतिशीलताका लागि आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उद्घोष, पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बाचा ।

. आफ्नो पार्टीको उदेश्य चुनाव जित्ने मात्रै नभएर जनताका समस्या समाधान गर्ने भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, एकीकृत समाजवादीले कुनैपनि गलत कामको समर्थन नगर्ने प्रस्टोक्ति ।

७. स्थानीय तहको निर्वाचन निर्धारित समयभित्रै हुने गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, एमसीसी संसदबाट पास गरेर जानुको विकल्प नभएको दाबी ।

८. संविधानका पक्षधर राजनीतिक शक्तिबीचको सहकार्य र मेलमिलाप आवश्यक रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, महाधिवेशनका क्रममा दुखेका मनहरूलाई टाल्दै अघि बढ्नुपर्नेमा जोड ।

९. कृषि क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्माको आग्रह, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्नेमा जोड ।

१०. एमसीसीको विरोधमा नेपाल मजदुर किसान पार्टीको प्रदर्शन, एमसीसी राष्ट्रघाती रहेको भन्दै अस्वीकार गर्न माग ।

११. शुक्रबार देशभर थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, २१२ जना संक्रमणमुक्त, ४ जनाको मृत्यु ।

१२. यस साता सेयर बजार मापक नेप्से परिसूचक ४ दशमलव २७ अंकले बढ्यो, बजार पूँजीकरण २ अर्ब ३ करोडले बढेर ३५ खर्ब ६७ अर्ब रुपैयाँ कायम ।

१३. इरानले अन्तरिक्षमा पठायो तीन वटा अनुसन्धान कार्गो, अन्तरिक्ष अनुसन्धान अभियानमा पहिलो पटक क्षेप्यास्त्रमार्फत तीनओटा अनुसन्धान उपकरण पठाइएको इरानको दाबी ।

१४. अमेरिकामा कोरोना संक्रमण भयावह बन्दै, दैनिक ५ लाखभन्दा बढी संक्रमित फेला , ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ ।

१५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफबीच १–१ गोलको बराबरी, ७ खेलमा ११ अंक जोडेको आर्मी अंकतालिकाको तेस्रो स्थानमा यथावत, ६ अंकसहित एपीएफ ११औँ स्थानमा कायम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?