‘नेपाल टी एसोसिएसन’को अध्यक्षमा कमल मैनाली

लोकपथ
49
Shares

काठमाडौं । ‘नेपाल टी एसोसिएसन’को अध्यक्षमा कमल मैनाली निर्वाचित भएका छन् ।

राजधानी काठमाडाैंमा भएकाे तेस्राे साधारणसभाबाट अध्यक्षमा मैनाली निर्वाचित भएका हुन् ।

त्यसैगरी एसाेसियसनकाे महासचिवमा केदारमणि पौडेल निर्वाचित भएका छन् भने सहअध्यक्षमा पवन खेतान र कोषाध्यक्ष यमबहादुर राई निर्वाचित भएका छन् ।

पुस १५ गते बिहीबार काठमाडौंमा भएको तेस्रो साधारणसभाबाट नेपाल टी एसोसिएसनले  नयाँ नेतृत्व पाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सुवास नेम्वाङले कृषकलाई चियाको मल उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

‘नेपाल टी एसोसिएसनको लागि मैले लडिरहनेछु’, नयाँ नेतृत्वमा आएका अध्यक्ष मैनालीले भने, ‘नेपाल टी एसोसिएसनको विकास, विस्तार र नयाँ प्रविधिहरु प्रयोगमा ल्याउन पहल गर्नेछु । एसोसिएसनको हितमा अघि बढ्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?