काठमाडौं । पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ९ हजार ८४ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ८८५ जनाको नमुना परीक्षणमा २२४ जना र एन्टीजेन विधिबाट १ हजार ११९ जनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ११ हजार ९५८ पुगेको छ ।
बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया