आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
63
Shares

१. प्रधानमन्त्री शेरबहादुर देउवाले दिए तमु ल्होसारको शुभकामना, गुरुङ समुदायको भाषा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता ।

२. नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा आज १४ समूहको सुझाव पेस, उम्मेदवारी दर्ता र मतदान घोषणा भोलि हुने ।

३. समुन्नत र समृद्ध नेपाल निर्माणमा ल्होसारले प्रेरणा दिने उपराष्ट्रपति पुनको विश्वास, ल्होसारले देशमा राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा प्रेरित गर्ने भनाइ ।

४. गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता अपरिहार्य रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, ल्होसारले आफ्नै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्ने विश्वास ।

५. राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्नेमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठको जोड, तमु ल्होसारले आपसी प्रेम र एकताको भावना जगाई समुन्नत राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास ।

६. एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नरेहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको टिप्पणी, जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको दाबी ।

७. प्रचण्डको प्रतिवेदनमाथि माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेको फरक मत, सबै माओवादी नेता र जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न माग ।

८. आज तमु ल्होसार अर्थात गुरुङ समुदायको नयाँ वर्ष, काठमाडौँलगायत देशैभर गुरुङ समुदायद्वारा ल्होसार हर्ष उल्लासका साथ मनाइयो ।

९. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ८ सय ९७ परीक्षणमा थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि, २ सय २८ जना कोरोना संक्रमण मुक्त, मृतक संख्या शून्य ।

१०. नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पुनः आवेदन खुला, यसअघि आवेदन दिएका १२ जनाले फेरि आवेदन दिनुपर्ने ।

११. सरकारको बेरुजु १२१ दशमलव ६१ प्रतिशतले बढ्यो, यातायात मन्त्रालयको मात्रै साढे नौ अर्ब बेरुजु भएको महालेखानियन्त्रक कार्यालयको तथ्यांक ।

१२. काबुल ध्वस्त हुनबाट बचाउन आफू भागेको अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीको दाबी, अमेरिका र तालिबानबीच भएको सम्झौताले अगस्ट १५ को घटनाका लागि बाटो बनाएको आरोप ।

१३. कोरोनाको नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदै गरेको डब्लूएचओको चेतावनी, विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिने गरेकाले खोप लगाउन आग्रह ।

१४. एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर स्वदेश फर्किएका भलिबल टोलीको भव्य स्वागत, यो सफलताको पछाडी धेरै पीडाहरु लुकेको कप्तान अरुणा शाहीको प्रतिक्रिया ।

१५. र, इंग्लिस प्रिमियर लिग फुबलमा आज म्यानचेस्टर युनाइटेड र बर्नली भिड्दै, घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?