काठमाडौं । भारतको काश्मिरको अनन्तनाग जिल्लाको शाहवादअन्तर्गत दूरु क्षेत्रमा सुरक्षाबलहरू र आतंकवादीहरूबीच भिडन्त सुरू भएको छ। भिडन्तमा एक पुलिसकर्मी घाइते भएका छन्।
घाइते पुलिसकर्मीलाई स्थानीय अस्पतालमा भर्ती गरिएको छ। क्षेत्रमा लुकेर बसेका आतंकवादीहरूलाई सुरक्षाबलहरूले घेरेर राखेको छ।
बुधवार अबेर सॉंझ पुलिसलाई अनन्तनागको दूरु क्षेत्रमा आतङ्कीहरू लुकेर बसेको गुप्त सूचना प्राप्त भएको थियो।
सूचनाको आधारमा पुलिस, सेना र सीआरपीएफका जवानहरूले क्षेत्रलाई घेरेर खोज अभियान सुरू गरेको थियो। खोज अभियानको अवधिम लुकेर बसेका आतंवादीहरूले सुरक्षाबलहरूलाई नजिक आइरहेको देखेपछि गोलीबारी गरेको थियो, जसपछि भिडन्त सुरू भयो।
आतंकवादीहरूलाई आत्मसमर्पण गर्न अपील पनि गरिएको थियो, तर आतंकवादीहरू मानेनन्। आतंकवादीहरूको गोलीबारीमा एक पुलिसकर्मी घाइते भएका छन्। केही आतंकवादीहरू लुकेर बसेका छन् भने सुरक्षाबलहरूले घेरेर राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया