काठमाडौंको कोटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

लोकपथ
0
Shares

 

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ग्रामर स्कूलसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ८९२ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९२ जनाको भिडियो एक्सरे, १८७ जनाको रक्त परीक्षण र १६८ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

सोमबार केएमसीले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर १ हजार १ सय ७२ विरामीको निःशुल्क उपचार गरेको थियो । यसअघि पनि बिभिन्न जिल्लामा केएमसीले निःशुल्क शिविर सञ्चालन गरेर हजारौं विरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?