ताइवान विवाद : जापान र चीनबीच हटलाइन टेलिफोन सेवा

लोकपथ
238
Shares

बेइजिङ । जापान र चीनले हटलाइन टेलिफोन स्थापना गर्न सहमत भएका छन् । ताइवान र दक्षिण चीन सागरमा विद्यमान विवादबारे छलफल गर्न दुई देशबीच हटलाइन टेलिफोन स्थापना गर्न सहमत भएका हुन् ।

जापानका रक्षामन्त्री नोबुओ किसी र चीनका रक्षामन्त्री वेइ फेनघीबीच साढे दुई घन्टा लामो भिडियो सम्मेलनपछि हटलाईन स्थापना गर्ने विषयमा सहमति जनाएका हुन् ।

सो अवसरमा जापाना प्रशासित सेनकाकु टापुहरुमा चिनियाँ जलसेनाको उपस्थितिलाई लिएर जापानका रक्षामन्त्री किसीले गम्भीर चासो देखाएका थिए ।

दिओयुसमेत भनिने सेनकाकु टापुहरुलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?