कोरोना अपडेट : थप २६४ जनामा संक्रमण पुष्टि, कति निको भए ?

लोकपथ
98
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १२ हजार ५६६ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ५३६ जनाको नमुना परीक्षणमा २४१ जना र एन्टीजेन विधिबाट ४ हजार ३० जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा २६० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ११ हजार २६५ पुगेको छ ।

बितेको २४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?