जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेपछि आउँदो बिहीबारदेखि सेवाको तालिका हेरफेर गरेको छ । कार्यालयले सूचनामार्फत सार्वजनिक अपिल गर्दै कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिनसमेत आग्रह गरेको छ ।
दैनिकरूपमा नागरिकतालगायतका सेवा लिन आउनेको सङ्ख्या बढिरहेकाले भीड कम गर्न समयतालिका हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए। उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगर तथा चौँरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाका सेवाग्राहीका लागि आइतबार र बुधबार सेवा प्रदान गरिनेछ ।
यस्तै पनौती नगर, पाँचखाल नगर तथा भुम्लु गाउँपालिका र रोशी गाउँपालिकाका लागि सोमबार र विहीबार सेवा प्रदान हुने जारी सूचनामा जनाइएको छ । बनेपा नगर, नमोबुद्ध नगर तथा बेथानचोक गाउँपालिकाका लागि मङ्गलबार र शुक्रबार तोकिएको छ । अन्य दुई महाभारत र खानीखोला गाउँपालिकाका लागि दैनिकरूपमै सेवा प्रदान हुने प्रजिअ पोखरेलले जानकारी दिए ।
कार्यालयले गत असोज महिनायता जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया