केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति

लोकपथ
0
Shares

उपरथीमा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यससँगै उपरथी केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्त भएका छन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्त भएका छन् । उनीहरु गत पुस ८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए ।

यसबीच सहायक रथीमा पदोन्नति भएका सातजना मध्ये चारजना महा-सेनानीहरुलाई पनि शर्माले सोही कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?