१. नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनको बन्दसत्रमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस, केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनित गर्ने प्रस्ताव ।
२. क्रान्तिमा पराजित सामन्ती तत्वहरू संविधान खारेज गर्ने षड्यन्त्रमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप, शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाटै समाजवाद स्थापना सम्भव रहेको भनाइ ।
३. सिरिन्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित, फाइजर खोपका लागि मात्र सिरिन्ज नआएकाले अरु खोपहरू ढुक्क भएर लगाउन स्वास्थ्य सेवा विभागको आग्रह ।
४. मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ, आ–आफ्नो ठाउँबाट सूचनाको हक कार्यान्वयन गर्न आग्रह ।
५. माओवादीको पार्टी जीवनमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको नारायणकाजी श्रेष्ठको भनाइ, प्रतिवेदनबाट निस्केको विचारपछि पार्टी सशक्त हुने दाबी ।
६. बालबालिकालाई समाजसँग जोड्न आवश्यक रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरूको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले ‘भरोसा छात्रवृत्ति’ अभियान सुरु गरेको प्रतिक्रिया ।
७. एमसीसी राष्ट्रघाती छैन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति एमाले नेता भीम रावलको आपत्ति, ‘एमसीसी सित्तैमा आएको’ भन्नु जनता ठग्ने अभिव्यक्ति भएको प्रतिक्रिया ।
८. निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुमा राज्यकै मिलेमतोमा भएको बाबुराम भट्टराईको आरोप, घटना शंकास्पद भएको टिप्पणी ।
९. विकृति बढिरहेकाले भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्नेमा सांसदहरूको जोड, भिजिटमा विदेश जाने र उतै बस्ने प्रचलन बढेकाले नेपालीहरूले दुःख पाउने गरेको गुनासो ।
१०. पछिल्लो २४ घण्टामा गरिएको १० हजार ८८६ जनाको परीक्षणमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, २ सय २५ जना संक्रमणमुक्त, १ जनाको मृत्यु ।
११. सोमबार सेयर बजारमा भारी गिरावट, ६९ दशमलव ७७ अंकले नेप्से घट्दा ५ अर्ब ६० करोडको कारोबार, १३ वटै सूचक नकारात्मक ।
१२. पुरुष नातेदारबिना टाढाको यात्रा नगर्न महिलाहरूलाई तालिबानको निर्देशन, आफूहरू महिला शिक्षाविरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य मान्य नभएको भनाइ ।
१३. भारतमा हालसम्म ४ सयभन्दा बढीमा ओमिक्रोन भेरिअन्ट संक्रमण पुष्टि, नयाँ दिल्लीमा आजबाट पुनः कफ्र्यु लगाउने निर्णय ।
१४. बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला भलिबल टोली फाइनल प्रवेश, कीर्गिस्तान सोझो सेटमा पराजित ।
१५. र, इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा आज न्यूक्यासलले म्यान्चेस्टर युनाइटेडको सामना गर्दै, दुवै टोली एक–अर्कालाई हराएर अंकतालिका सुधार्ने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया