पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

लोकपथ
70
Shares

शनिबार प्रदेश १ र बागमती प्रदेश अन्तर्गतका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाको मौसमी बुलेटिनमा शनिबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने उल्लेख छ । प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी राति सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ।

शनिबार बिहानैदेखि नै पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?