भरुवा बन्दुकसहित २ जना पक्राउ

लोकपथ
56
Shares

कास्की । पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुकसहित माछापुच्छ्रे गाउँपालिका-५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?