अस्ट्रेलियाको न्यूसाउथवल्समा ‘नेपाली समाज क्विनवेन’ गठन

लोकपथ
63
Shares

काठमाडौं । अस्ट्रेलियाको न्यूसाउथवल्स राज्यको क्विनवेनमा बस्ने नेपालीहरुले ‘नेपाली समाज क्विनवेन’ गठन गरेका छन ।

नेपाली समाज क्विनवेनले यस क्षेत्रमा बस्ने नेपालीहरुलाई गोलबद्द गर्दै नेपाल तथा अस्ट्रेलियामा मनाउने विभिन्न चाडपर्वहरुको कार्यक्रम गर्नेछ । नेपाली यूवाहरुमाझ लोकप्रिय फुटबल, क्रिकेट जस्ता खेलहरुलाई कल्बको रुपमा ब्यवस्थित गरी संरक्षण एवंम सम्वर्धन गर्ने उद्देश्य रहेको नवगठित समाजका अध्यक्ष दिपक पाण्डेले बताए।

अस्ट्रेलियाको राजधानी क्यानवेरासँग जोडीएको क्विनवेनमा लामो समयदेखि नेपालीहरु बसोबास गर्दै आईरहेको भएपनि यसअघि नेपालीहरु गोलबद्द गर्ने कुनैपनि संघसंस्था क्रियाशिल थिएनन।

स्थाई बसोवासका लागि अस्ट्रेलियन सरकारले रिजनल क्षेत्रलाई प्राथमिकता दिने नीति लिएसँगै अन्य मुलका जस्तै नेपालीहरुको चाप पनि बढदै गईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?