नामी कलेजद्वारा दीक्षान्त समारोह सम्पन्न

लोकपथ
104
Shares

काठमाडौं । नामी कलेजले दीक्षान्त समारोह सम्पन्न गरेको छ । कलेजले डिसेम्बर २२ तारिखका दिन दीक्षान्त समारोह गरि आफ्ना विभिन्न संकायका विधार्थीहरुलाई दीक्षित गरेको हो ।

उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गतका विधार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । यस कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित थिए भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राणा देउवाले अध्यक्षता गरिकी हुन्।

गोकर्णेश्वरमा रहेको नामी कलेजले नेपालमा नै विश्वस्तरिय कोर्सहरू अध्यापन गर्दै आएको छ । नर्थहेम्टन विश्वविद्यालय बेलायतसँगको साझेदारीमा नामी कलेजले विश्वस्तरिय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?