कैलाली । कैलालीको जानकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । अर्जुन दासको न्यायका लागि गठन गरिएको संघर्ष समितिले बिहीबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।
विभत्स रुपमा हत्या भएको हप्ता दिन पुग्नै लाग्दा पनि प्रहरी प्रशासनले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको संघर्ष समितिका एक सदस्यले बताए । स्थानीय सरकारलाई दबाब दिन र सोकका लागि जानकी गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द गरेको बताइएको छ ।
संघर्ष समितिले अपराधीलाई कानुनी कटघरामा ल्याई सर्वस्व सहित आजिवन कारवास हुनु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति हुनुपर्ने, पिडितको बालबालिकालाई उचित शिक्षाको व्यवस्था हुनुपर्ने, पिडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेका छन्।
पौष ३ गते शनिबार जानकी गाउँपालिका वडा नं.९ मा रहेको स्थानीय अमरावती सामुदायिक बनमा हात खुट्टा पछाडी बाधेर नग्न बनाई शरीरबाट टाउको अलग गरेर हत्या गरेको अवस्थामा अर्जुन दासको शव फेला परेको थियो । विभत्स हत्या गरिएको अर्जुनको शव घटना स्थलबाट पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिए पनि शबलाई परिवारले अहिले सम्म बुझेको छैन ।
यस्तै, भोलि शुक्रबार भुपेन्द्र बडुवाल र अर्जुन दासको न्यायका लागि लम्की क्षेत्रमा पर्ने पुर्वपश्चिम राजमार्ग र बजार दिनभर बन्द गर्ने संघर्ष समितिले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया