रुपन्देही । कोटहीमाई गाउँपालिका-५ दुईमुहानबाट करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहनासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सम्मरिमाइ गाउँपालिका-६ अशुरैना बस्ने ४० वर्षीय कुरेश सुनार र सोही ठाउँ बस्ने २४ वर्षीय अनिल बर्मा रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१९ प ५१५९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई अवैध रुपमा ल्याएको उक्त परिमाणको चाँदीका गहनासहित फेला पारी पक्राउ गरेको हो ।
बरामद गहनासहित उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया