चीन सरकारको पक्षमा चालिएको पछिल्लो कदमअन्तर्गत अमेजन इन्कले चीनका राष्ट्रपति सी जिनपिङले लेखको पुस्तक गभर्नेन्स अफ चाइनाबारे गरिएका रेटिङ, टिप्पणी र समिक्षालाई निस्कृय बनाएको छ । किताबमा राष्ट्रपति सीको चिनियाँ विशेषताको समाजबादको सिद्धान्तबारे चर्चा गरिएको छ ।
पुस्तकबारे कस्टुमर रेटिङ (ग्राहक मूल्यांकन) र समिक्षा गर्न कम्पनीले अनुमति रोक्नुपर्ने बेइजिङले आदेश दिएपछि अमेजनक इन्कले त्यसलाई निस्कृय पारेको सो घटनाबारे परिचित दुई जनाले बताएका छन् ।
चीनले नकरात्मक समिक्षाबाट छुटकारा पाउने प्रयास गरिरहेका बेला सीको पुस्तकबारे माग बढेको छ । एक पाठक भन्छन्, ‘मलाई लाग्छ यो चीनको पाँच तारा मुनिको विषय हो ।’ पछिल्लो घटनालाई एपल इन्कका गतिविधिसँग जोडिएको छ, जुन हालैका वर्ष बेइजिङप्रति आज्ञाकारी बनेको बताइन्छ । एप्पलले सन् २०१९ मा चीन सरकारले दिएका आदेशमध्ये ९७ प्रतिशत पालना गरेको जनाइएको छ ।
सीको पुस्तक पास्तो, दारी, सिंहाली, हिन्दी, अंग्रेजीलगायत विभिन्न भाषामा प्रकाशित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया