नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन् ।
ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिँदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
तीमध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् ।
दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट भने छ हजार ३१७ जना सङ्क्रमित भएका छन् ।
त्यसैगरी अरु ३१८ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरि अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ७८ हजार १९० पुगेको छ । यो सङ्ख्या ५७५ दिन पछिकै सवैभन्दा कम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया