बाख्रा चराउन गएकी १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

लोकपथ
1k
Shares

काठमाडौं । सप्तरीमा बाख्रा चराउन गएकी १६ वर्षीया किशोरीलाई बलात्कार गर्ने पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिरहुत गाउँपालिका-५ बुदेवा टोल बस्ने २० वर्षीय मो अफजललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कंचनरुप नगरपालिका-११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी ती किशोरीलाई अफजलले ललाई फकाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?